सामान्य अंकले बढ्यो नेप्से, १८ अर्बको कारोबार
काठमाडौं- साताको अन्तिम शेयर बजार बढेर बन्द भएको छ । बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको हो । बिहीबार बजार बन्द हुँदा नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा १२३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य स्थिर रहेको छैन । ३२८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ५४ हजार ६४२ पटक शेयर किनबेच भएको छ ।
१३ समूहमध्ये ६ समूह बढ्दा ७ समूह घटेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूह बढेको छ भने कम म्युचुअल फण्ड समूह बढेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया