शिक्षण र बुटिक पेसापछि ड्रागनफ्रुट खेतीमा लागिरहेकी गौली, वार्षिक २० लाख रुपैयाँ आम्दानी
तनहुँ- तनहुँको व्यास नगरपालिका-२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गरेकी छिन्। उनले व्यास नगरपालिका-५ ढोडेनीमा सिउँडीफलको खेती गरेकी हुन्।
१६ वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित भइन्। माँ अम्बे अलौकिक कृषि फार्म गर्दा गरी उनले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गरेकी हुन्।
९ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उनले बताइन्। बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा एक करोड ५० लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ।
९ रोपनीमध्ये सात रोपनी जग्गामा सिउँडीफलको खेती गरिएको छ। बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ। गत वर्ष फार्मबाट उत्पादित सिउँडीफल, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट २० लाख रुपैयाँ आम्दानी भएको थियो। यसपटक चौथो छिमलको ड्रागन बजारमा पुर्याउँदा आठ लाख ५० हजार आम्दानी भइसकेको उनले उल्लेख गरिन्। ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ।
उनले भनिन्, ‘यहाँ उत्पादित सिउँडीफल दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु। त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन।’ आँबुखैरेनीको हाटबजारमा तीन सय किलोसम्म सिउँडीफल बिक्री हुने गरेको छ।
दमौली बजारका व्यापारीहरूले पनि स्थानीयस्तरमै उत्पादित सिउँडीफल बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उनको भनाइ छ। उनले भनिन्, ‘बाहिरी जिल्लाबाट आएकाभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भन्नुहुन्छ। यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ।’
ऋषिङ गाउँपालिका-१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उनको भनाइ छ।
उनले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको पाँच सय २५ पोलमा ड्रागन लगाएकी छिन्। यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ।
सिउँडफलमा रासायनिक मल प्रयोग गरिएको छैन। यसका लागि जैविक मल प्रयोग गर्ने गरिएको गौलीको भनाइ छ। रासस
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया