NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

भारतले चाडपर्व लक्षित गरी नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न दियो अनुमति

काठमाडौँ – भारतले चाडपर्वको अवसरमा नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न अनुमति दिएको छ।

भारत सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत चिनी निर्यातको अनुमति दिएको हो, जुन चिनी नेपाल सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमार्फत आयात गर्नेछ। भारतको यो अनुमति सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि मान्य रहनेछ।

नेपालमा चाडपर्वको समयमा चिनीको अभाव हुने गरेको र सो अभावलाई न्युनिकरण गर्न भारतले यस्तो निर्णय लिएको हो। दसैं, तिहारजस्ता ठूला चाडपर्वमा चिनीको माग उच्च हुने भए पनि नेपालमा हुने उत्पादनले माग धान्न नसक्ने स्थिति रहँदै आएको छ।

वर्तमानमा नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी आवश्यक पर्ने भए पनि देशभित्र उत्पादन भने मात्र करिब डेढ लाख मेट्रिक टन हुँदै आएको छ।

उत्पादन र मागबीचको यो ठूलो अन्तरका कारण चाडपर्वमा चिनी अभाव र मूल्यवृद्धि हुने गरेको छ। यस्तो अवस्थामा भारतबाट थप चिनी आयातको अनुमति मिल्नु उपभोक्ताहरूका लागि राहतको विषय बन्ने देखिन्छ।