NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सुनचाँदीको मूल्य हालसम्मकै महँगो

काठमाडौँ – सुनचाँदीको मूल्य आज फेरि हालसम्मकै सबैभन्दा महँगो बनेको छ। गएको शुक्रबारदेखि लगातार बढिरहेको सुनको मूल्यमा आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ बढेर दुई लाख १७ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ थियो। गएकाे शुक्रबार सुनको मूल्य तोलाको आठसय रुपैयाँ बढेर दुई लाख १६ हजार रुपैयाँ पुगेको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ६ सय ५० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। चाँदीकाे याे मूल्य हालसम्मकै सबैभन्दा महँगाे हाे।