सुनको मुल्य तोलामा दुई लाख २३ हजार पुग्यो
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेर दुई लाख २३ हजारमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार सात सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया