ओली नेतृत्वको सरकारका तत्कालीन एक मन्त्री, एक पूर्वमन्त्रीसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केपी ओली नेतृत्वको सरकारका तत्कालीन एक मन्त्री, एक पूर्वमन्त्रीसहित अन्य ५ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
गत असारमा सार्वजनिक भएको घुस प्रकरणमा मुछिएका तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व मन्त्री रञ्जिता श्रेष्ठविरुद्धसहित अन्य ५ जनाविरुद्ध मुद्दा दायर भएको हो । तत्कालीन मन्त्री गुप्ताको ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो । कर्मचारी खटनपाटनको मुख्य जिम्मेवारी पाएको मन्त्रालयको नेतृत्वमा रहेर उनले कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा गरिदिन र अनुकुलको व्यक्ति व्यवस्थापन गर्ने सर्तमा उक्त रकम लिएको खुलेको थियो । अडियो नै सार्वजनिक भएपछि उनले राजीनामा दिए ।
यही प्रकरणमा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र त्यसअघिका मन्त्री रञ्जिता श्रेष्ठले पनि रकम लिएको अनुसन्धानको क्रममा खुलेको छ । अधिकारीलाई भने आयोगले छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको छ ।
आयोगले आज उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आरोपत्रअनुसार अनुसार गुप्तालाई ७८ लाख विगो मागदाबी गरिएको छ ।
मुद्दा सम्बन्धी विस्तृत विवरण केही बेरमा ।
नोटः यसअघि तत्कालीन मन्त्री बलराम अधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको भनिएकोमा हामी क्षमाप्राथी छौं ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया