नेप्से ४५.३६ अंकले घट्यो
काठमाडौं– दशैं बिदापछि मंगलबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको दिन ५८.५५ अंकले घटेको थियो भने बुधबार पनि ठूलो गिरावट आएको छ ।
बुधबार नेप्सेमा ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपैयाँको कारोबार हुँदा ४५.३६ अंकले घटेर २५५९.५९ अंकमा आइपुगेको हो।
बुधबार नेप्सेमा कारोबार भएकामध्ये २३२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १८ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।
आजको कारोबारमा सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने प्रभु इन्स्योरेन्सको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । नेप्से परिसूचक घटेसँगै बुधबार सबै उपसमूहको सूचक पनि नकारात्मक रह्यो ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया