१० दिनपछि फिलिपिन्समा फेरि गयो शक्तिशाली भूकम्प
काठमाडौं । फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शुक्रबार शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।
सरकारले सुनामीको सम्भावना रहेको जनाउँदै सतर्क रहन नागरिकहरूलाई अपिल गरेको छ । इन्डोनेसियाले पनि आफ्ना नागरिकहरूलाई यस्तै किसिमको चेतावनी जारी गरेको छ ।
यसअघि गत सेप्टेम्बर ३० मा पनि फिलिपिन्समा शक्तिशाली भूकम्प गएको थियो । सेबु प्रान्त केन्द्रित भएर गएको ६.९ म्याग्निच्युडको उक्त भूकम्पमा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० घाइते भएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया