सुनको मूल्य एकैदिन ८ हजार १०० रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा आठ हजार एक सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा दुई लाख ४० हजार चार सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०५ रुपैयाँले बढेर तोलामा ३ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा तीन हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया