नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ ‘आइएमएफ’को प्रक्षेपण
काठमाडौँ -अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा चार दशमलव तीन र सन २०२६ मा पाँच दशमलव दुई प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
आइएमएफले आज ‘वल्र्ड एकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । सन् २०२३ मा दुई प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर सन् २०२४ मा तीन दशमलव सात प्रतिशत रहेको थियो । यस वर्ष अर्थात् सन् २०२५ मा सामान्य सुधार भई वृद्धिदर चार दशमलव तीन प्रतिशत पुग्ने आइएमएफले अनुमान गरेको छ ।
यस्तै, नेपालले सन् २०२६ मा पाँच दशमलव दुई र सन् २०३० मा पाँच प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ । नेपालको मूल्यवृद्धि सन् २०२५ मा चार दशमलव एक र २०२६ मा चार दशमलव दुई प्रतिशत रहने पनि प्रक्षेपण गरिएको छ ।
आइएमएफले यस वर्ष विश्वको आर्थिक वृद्धिदर घट्ने अनुमानसमेत गरेको छ । सन् २०२४ मा तीन दशमलव तीन प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२५ मा तीन दशमलव दुई र २०२६ मा तीन दशमलव एक प्रतिशत रहने अनुमान गरिएको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया