मार्ग खुलेको १२ वर्षपछि सञ्चालनमा
म्याग्दी – रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पालिकाको केन्द्र मौवाफाँट जोड्ने छोटो दुरिको सडक ट्रयाक (मार्ग) खुलेको १२ वर्षपछि यातायात सञ्चालनमा आएको छ ।
भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट देखि गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने यो सडकको विसं २०७० मा मार्ग खुलेको थियो ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राहुघाट–मौवाफाँट सडक मर्मत र स्तरोन्नती गरेपछि हलुका सवारी साधन सञ्चालन हुन थालेका बताउनुभयो । “झण्डै १२ वर्षअघि ट्रयाक खुले पनि मर्मत र स्तरोन्नतीको अभावमा यो सडक प्रयोगमा आउन सकेको थिएन”, उहाँले भन्नुभयो, “तीन दशमलब पाँच किलोमिटर दुरीको यो सडकमा जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् ।”
हाल प्रयोग भइरहेको घुमाउनेताल–पिप्ले–मौवाफाँटको वैकल्पिक यो सडक आधाभन्दा बढी छोटो दुरिको छ । करिब ३० मिनेटको यात्रा अवधि १० मिनेटमा छोटिएको छ । यो सडकले रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटका साथै ४, ७ र ८ नम्बर वडाका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।
सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराले आर्थिक वर्ष २०८१÷८२ मा रु ४० लाखको लागतमा राहुघाटदेखि दशमुरे मौवाफाँट जोड्ने यो सडकमा मर्मत गरेको हो । श्रमजिवी निर्माण सेवाले ठेक्का लिएको यो सडक मार्फत विभिन्न ठाउँमा ग्याबिन जाली र मेसिनरी पर्खाल बनाएर फराकिलो पार्नुका साथै अप्ठ्यारो ठाउँमा ढलान भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया