नेप्सेमा सामान्य वृद्धि, २ अर्ब ६६ करोडको कारोबार
नेप्सेमा सामान्य वृद्धि, २ अर्ब ६६ करोडको कारोबार
सिएन नेपाल
काठमाडौँ । तिहार पछि आज खुलेको नेप्सेमा सामान्य वृद्धि भएको छ । आइतबार नेप्से ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३१३ कम्पनिका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २ अर्ब ६६ करोड १३ लाख २ हजार २८४ मा कारोबार भएको थियो । आज लाइफ इन्सुरेन्स, उत्पादन, निर्जीव वीमा, अन्य र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।
आज एसबिएल डेभेन्चर २०८९ को शेयरमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्तको शेयर ८.८९ प्रतिशतले बढेको छ । त्यसैगरी आज तारागाउँ रिजेन्सी होटलको शेयर ७.१६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३२ करोड ४९ लाख बराबरको कारोबार भएको छ भने एसबिएल डेभेन्चर २०८९ को २३ करोड ६४ बराबरको कारोबार भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया