देउवा दम्पतीका दुई तस्बिर : नेपालमा ठमठमी, सिंगापुर पुगेपछि ह्विलचियर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री समेत रहेकी उनकी पत्नी आरजु राणा देउवा उपचारका लागि भन्दै सिंगापुर पुगेका छन् ।
जेन–जी विद्रोहका निशानामा परेका देउवा दम्पती सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर सिंगापुर पुगेका हुन् ।

सामाजिक सञ्जालमा देउवा दम्पती सिंगापुरको विमानस्थलमा ह्विलचियरमा गुडिरहेको तस्बिर सार्वजनिक भएको छ । त्यसअघि सोमबार राति नेपालबाट सिंगापुरतर्फ जाने क्रममा त्रिभुवन विमानस्थलमा उनीहरू हिँडिरहेको तस्बिर सार्वजनिक भएको थियो । यिनै दुई तस्बिर राखेर अहिले सामाजिक सञ्जालमा देउवा दम्पतीको आलोचना भइरहेको छ ।
जेन–जी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवा दम्पतीले सिंगापुरमा थप स्वास्थ्य उपचार गर्ने बताइएको छ ।
जेन–जी युवाको भदौ २३ को शान्तिपूर्ण प्रदर्शनमा तत्कालीन सरकारले दमन गरेर झण्डै दुई दर्जन युवाको ज्यान लिएपछि भदौ २४ मा हुन गएको उग्र प्रदर्शनमा देउवाको बूढानीलकण्ठस्थित निवास नियन्त्रणमा लिएर प्रदर्शनकारीले उनीहरूमाथि कुटपिट गरेका थिए । त्यसबाट घाइते हुन पुगेका देउवा दम्पतीलाई तनावपूर्ण स्थितिमा उद्धार गर्दै नेपाली सेनाले उपचार गराएको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया