भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु. २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व संकलन गरेको छ ।
भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु. नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु. नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु. नौ अर्ब २८ करोड ६७ लाख २० हजार संकलन भएको छ ।
जेन जेड आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया