कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौँ । कृषि विकास बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ ।
सञ्चालक समिति बैठकले सेयर धनीका लागि कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो । घोषित लाभांशमा करसहित ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर रहेको छ ।
बैंकमा नेपाल सरकारको पुँजीमा ६ प्रतिशतले हुने नगद लाभांश पनि प्रदान गर्ने निर्णय गरेको हो । बजारमा हाल बैंकको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ छ ।
यसैगरी सरकारको अग्राधिकार सेयर पुँजीमा बैंकले वार्षिक ६ प्रतिशत नगद लाभांश दिँदै आएको छ । बैंकका अनुसार यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि प्रदान हुनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया