सम्पर्कविहीन डिएसपीमाथि गृहले अघि बढायो कारबाही प्रक्रिया
काठमाडौं । गृह मन्त्रालयले प्राविधिक समूहतर्फका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) डा बिगिसा बस्नेतमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ ।
गत साउन २१ गतेदेखि बिना जानकारी बस्नेत बिदामा बसेपछि गृहले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।
लामो समयसम्म आफू कार्यरत अस्पतालमा अनुपस्थित डा. बस्नेतसँग सम्पर्क स्थापित गर्न गरिएको प्रयास सफल नभएपछि सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार सफाइ पेश गर्न बोलाइएको गृह मन्त्रालयले जनाएको छ ।
नेपाल एपिएफ अस्पताल, बलम्बुमा कार्यरत डा. बस्नेत गत साउन २१ गतेदेखि बिनाजानकारी अनुपस्थित छिन् ।
सशस्त्र प्रहरी नियमावली, २०७२ मा कुनै पनि प्रहरी कर्मचारी बिनाजानकारी ९० दिन आफू कार्यरत कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउन सक्ने व्यवस्था छ ।
गृहले डा. बस्नेतलाई विभागीय सजायको चेतावनी दिँदै त्यसो गर्न नपर्ने कुनै मनासिव कारण भए बाटाको म्याखबाहेक सात दिनभित्र सफाइ पेश गर्न भनेको छ । कात्तिक २० गतेको सचिवस्तरीय निर्णयानुसार उनलाई सफाइ पेश गर्ने मौका दिएको गृहले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा बीचमै जागिर छाड्ने प्रवृत्ति पछिल्ला केही वर्षदेखि बढ्दै गइरहेको छ । खासगरी तल्ला तहमा कार्यरत सुरक्षाकर्मीहरूले न्यून वेतन, आकर्षक वैदेशिक रोजगारीको अवसर जस्ता कारणले पेन्सन हुनुपूर्व सेवा छाड्ने गरेका छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने



प्रतिक्रिया