NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ। पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ९४० किलो० एक लाख रुपैयाँ नाघेको छ ।

गुणस्तरीय अलैँची प्रतिमन आइतबार एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए । शनिबार प्रतिमन ९६ हजार रुपैयाँ रहेको अलैँचीको मूल्य अपराह्नपछि प्रतिमन दुई हजारले बढेर ९८ हजार रुपैयाँ पुगेको थियो । आइतबार फेरि प्रतिमन चार हजारका दरले वृद्धि भई एक लाख दुई हजार रुपैयाँ पुगेको उनले बताए ।

असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजार रुपैयाँमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा १५–१७ हजार रुपैयाँले वृद्धि भएको छ । नयाँ उत्पादन सुरु भएपछि ८० हजार रुपैयाँ प्रतिमनबाट कारोबार सुरु भएको अलैँचीको मूल्यमा यस वर्ष अपेक्षाकृत वृद्धि भएको व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो मुलुक निर्यात हुने गर्दछ ।