आज विश्व निमोनिया दिवसः रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड
काठमाडौं। निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ।
‘बालबालिका बचाऔं सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौं’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने बताइएको छ। निमोनिया बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक हो।
सरकारले निमोनिया नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउन, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्न र आम जनतालाई रोगको जोखिम र रोकथामबारे सचेत गराउनुपर्नेमा जोड दिएको छ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया