NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सेनामा खुल्यो ३७९४ जनाका लागि जागिर (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका ३ हजार ७९४ सिटमा आवेदन आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले सैन्य, विभिन्न ट्रेडका फलोअर्स, प्राड, प्रविधिक, हवाईलगायतमा खुला, समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्ति गर्ने गरी जनशक्ति माग गरेको हो ।

सेनाले सबैभन्दा धेरै सैन्य पदमा ३ हजार ६०० जनशक्ति माग गरेको छ । त्यस्तै, विभिन्न ट्रेडका फलोअर्स पदमा ९५ जनशक्ति मागिएको छ । अधिकृतस्तरको प्राड उपसेनानी, प्राविधिक उपसेनानीमा ९९ सिटमा आवेदन आह्वान भएको छ ।

आवेदन शुक्रबारदेखि आगामी मंसिर २७ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुुझाएर आगामी पुस ५ गतेसम्म आवेदन दिन सकिने भर्ना छनौट निर्देशनालयको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् विज्ञापन

 

ताजा अपडेट

नेपालवाच विशेष