NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

नागरिक उड्डयन प्राधिकरणले माग्यो २० वरिष्ठ अधिकृत

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले २० जना वरिष्ठ अधिकृत माग गरेको छ ।

खुला प्रतिस्पर्धाबाट करार सेवामा नियुक्त गर्ने गरी प्राधिकरणले एअर ट्राफिक समूहको वरिष्ठ अधिकृत सातौं तहमा जनशक्ति माग गरेको हो ।

प्राधिकरणले मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान वा सूचना प्रविधि वा व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नातक वा सोसरह उत्तीर्ण भई प्राधिकरणबाट मान्यताप्राप्त संस्थाबाट कम्तीमा १ वर्षको आधारभूत एअर ट्राफिक सर्भिसेस तालिम लिएकालाई दरखास्त दिन अनुरोध गरेको छ ।

आवेदन आगामी मंसिर २९ गतेसम्म दिन सकिनेछ भने लिखित परीक्षा मंसिर २२ गते सञ्चालन हुनेछ ।

स्थायी नियुक्त भएपछि स्वतः हट्ने उक्त पदको दरखास्त रकम १ हजार २००  रूपैयाँ तोकिएको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष