निर्वाचन आयोगले भन्यो– वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन
काठमाडौं । निर्वाचन आयोगले आफ्नो वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको प्रष्ट पारेको छ ।
केही सञ्चारमाध्यमहरूले निर्वाचन आयोगको वेबसाइटमा केही व्यक्तिलाई अनधिकृत पहुँच दिइएपछि त्यसको प्रणाली ह्याक भएको र मतदाताको गोप्य विवरण सार्वजनिक भएको दाबी गर्दै समाचार प्रकाशन गरेका थिए । प्रकाशित त्यस्ता सामग्रीले आमनागरिकमा भ्रम सिर्जना गरेपछि आयोगले एक विज्ञप्ति जारी गर्दै यसबारे प्रष्ट पारेको हो ।
‘निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ,’ आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
आयोगको सूचना प्रणालीबाट लिइएको दाबी गर्दै केही पिडिएफ फाइल सामाजिक सञ्जालहरूमा सार्वजनिक भइरहेका छन् । आयोगका अनुसार, ती फायलहरू विगतका निर्वाचन प्रयोजनका लागि कानूनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचना हुन् । प्रवक्ता भट्टराईका अनुसार यसम नागरिकका संवेदनशील र गोप्य विवरण समावेश छैनन् ।
नागरिकका कानूनबमोजिमका गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि प्रतिबद्ध रहेको पनि आयोगले जनाएको छ । यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुुगमन गर्ने, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपाय अवलम्बन गरिएको उसको भनाइ छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया