लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान भव्य रूपमा मनाउन आह्वान
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाउँदै सबै निकायलाई लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान भव्यताका साथ मनाउन आह्वान गरेको छ ।
मन्त्रालयले सम्बद्ध सबै निकायमा परिपत्र गर्दै हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियानलाई विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको हो ।
मन्त्रालयअन्तर्गत लैंगिक हिंसा निवारण शाखाका प्रमुख महिला विकास अधिकृत ममता विष्टका अनुसार उक्त अभियान देशभर तीनै तहका सरकार, विद्यालय, संघसंस्था र सरोकारवाला निकायहरूको सहभागितामा मनाउन आह्वान गरिएको हो ।
अभियानअन्तर्गत यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँ: लैंगिक हिंसा अन्त्य गरौँ’ भनेर तय गरिएको छ । अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने रहेको छ ।
ताजा अपडेट
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने


प्रतिक्रिया