उम्मेदवारले निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने
काठमाडौँ – प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । निर्वाचन आयोगले यसबारे नयाँ निर्वाचन आचारसंहितामा स्पष्ट प्रावधान राखेको छ।
आचारसंहिताको बुँदा नम्बर १६ अनुसार राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन खर्चका लागि छुट्टै खाता खोल्नु अनिवार्य छ । साथै, उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा आफ्नो अनुमानित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्ने नियम उल्लेख गरिएको छ ।
सो खाता मार्फत मात्र निर्वाचन खर्च व्यवस्थापन गर्न सकिने आचारसंहितामा भनिएको छ । पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्ने उद्देश्यका साथ आचारसंहितामा अनिवार्य गरिएको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने


प्रतिक्रिया