प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण भोलिबाट अवकाशमा जान लागेका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गरेकी छिन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहबीच उनले अर्याललाई बिदा गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले मुख्यसचिव अर्यालले सेवा अवधिभरि देखाएको कर्तव्यनिष्ठा र योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ ।
मुख्यसचिव अर्यालले पनि आफ्नो कार्यकालमा पाएको समर्थन र सहकार्यप्रति आभार व्यक्त गर्दै सरकार र देशका लागि योगदान दिन पाएकामा खुसी व्यक्त गरे ।
वि.सं. २०४६ माघ ४ गते नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका अर्याल वि.सं. २०८१ भदौ १३ गते मुख्यसचिवमा नियुक्त भएका थिए ।
अर्याल अनिवार्य अवकाशमा जाने भएपछि यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिवमा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय गरिसकेको छ ।
ताजा अपडेट
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने


प्रतिक्रिया