प्रतिनिधिसभा निर्वाचन : आज दल दर्ता गर्ने अन्तिम दिन
काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन रहेको छ ।चुनावमा सहभागिताका लागि १० मंसिरसम्म दल दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । मंगलबारसम्म कूल ८० वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।
केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले, राजेन्द्र प्रसाद लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, रन्जिता श्रेष्ठ (चौधरी)अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी, देव प्रकाश त्रिपाठी अध्यक्ष रहेको नागरिक शक्ति नेपाल, हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी नेपाल रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि प्रतिनिधिसभा निर्वाचन प्रयोजनको लागि दर्ता भइसकेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया