जेनजी आन्दोलनको सन्देश नराम्रो गयो, राजदूतलाई सक्रिय पारौं
नेपाललाई खासगरी शेर्पा र गोर्खाजको देश भनेर चिनिन्छ । यो नेपालको एकदमै स्थापित छवि हो । नेपाल लगानी र व्यापारका लागि पनि उपयुक्त देश हो भनेर चिनाउन चाहिँ हामीले अझै सकेका रहेनछौं । राजदूतका रूपमा बेलायतमा करिब ९/१० महिना काम गर्दा मैले महसुस गरेको कुरा हो यो । नेपालमा ‘ट्यालेन्टको पुल’ छ र यो एउटा उदीयमान देश हो भन्ने सन्देश प्रवाह गर्न हामीले निकै मिहिनेत गर्नुपर्ने अवस्था छ ।
संसारको राडारमा २०० मुलुकहरू छन् । लगानीकर्ताहरूले यी मुलुकहरूमध्ये नेपालमै किन लगानी गर्नुपर्छ ? साउथ एसियामा आउने लगानीकर्ता किन नेपाल आउनु पर्छ ? लगानीकर्तालाई आश्वस्त पार्न नेपालले पुनर्संरचनाको पाटोमा धेरै काम गर्नुपर्ने अवस्था छ । मैले गहिराइमा पुुगेर महसुस गरेको कुरा के हो भने नीति र ‘लिगल रेगुलेटरी फ्रेमवर्क’मा जुन गतिका साथ काम गर्नुपर्ने हो, सुस्त भइरहेको छ । कूटनीतिमार्फत फाइदा उठाउन सकिने भए पनि त्यसलाई समेत उपयोग गर्न सकिएको छैन । मेरा अरू सहकर्मी, फेलोज एम्बास्डरहरूले यो पाटोमा गर्ने मिहिनेतको तुलना हामीसँग हुन सक्दैन । किनभने, उनीहरूभन्दा हामी निकै नै पछाडि छौं ।
ग्त भदौ २३ र २४ को घटनापछि अन्तर्राष्ट्रिय समूदायमा नेपालबारे कस्तो सन्देश गएको छ भन्ने कोणबाट कुरा हुने गरेका छन् । एउटा सानो उदाहरणबाट यो विषयमा प्रवेश गर्न चाहन्छु । भदौ २४ को चार दिनपछि नजिकको फ्रेण्डसिपमा रहनुुभएका ग्लोबल ब्राण्ड रिभरियाका सञ्चालकले सम्पर्क गरेर नेपालको घटनाले आफूलाई निकै दुःखी बनाएको बताउनुुभयो । विश्वकै सबैभन्दा ठूलो फेअरमा नेपालको कार्पेट प्रस्तुत गर्ने तयारी गरिरहेकोमा काठमाडौंमा भएको तहसनहसपछि आफूले मनस्थिति नै बदलेको उहाँले सुनाउनुुभयो । ‘नेपालबाट २०औं वर्षदेखि कार्पेट इम्पोर्ट र सोर्सिङ गरेको थिएँ, यो अब मैले अर्को देशमा डाइभर्ट गर्नुपर्ने भयो,’ उहाँले मलाई भन्नुुभयो । मैले उहाँलाई तत्कालै जति क्षति भयो, त्यही दिन भयो । तत्पश्चात केही भएको छैन, नेपालको प्रणालीले शान्ति र सुव्यवस्था पुनस्र्थापना गरिसकेकाले चिन्ता नलिन र आफ्नो इम्पोर्ट निरन्तर त्यही लेभल, त्यही कस्ट र गुणस्तरमा गर्न’ आश्वस्त पारेँ । त्यसपछि उहाँ अघि बढ्नुुभयो । त्यो फेयरमा उहाँले मलाई पनि बोलाउनुुभएको थियो । त्यहाँ पुुग्दा उहाँको अनुहारमा छुट्टै चमक थियो । जसबाट मैले ठूलो सफलता महसुस गरेँ ।
ड्याङ्गोटे फर्केर गएको सन्देशभन्दा पनि ब्याकक्लास भएको छ, नेपालबारे । किनभने, यसले नेपाल असुरक्षित, अनिश्चिय र अस्थिरता भएको मुलुक हो भन्ने कुरा बाहिर गएको छ । यो चिर्न राजदूतहरूले भूमिका खेल्नुपर्छ
यो उदाहरण यहाँ प्रस्तुत गरेर जेनजी आन्दोलनको असर अन्तर्राष्ट्रिय समुदायमा केही पनि परेको छैन भन्न खोजेको होइन, परेको छ । जहिले पनि लगानीकर्ताले सुनिश्चितता, सुरक्षा, पूर्वानुमान र पारदर्शिता जस्ता कुरा चाहेका हुन्छन् । त्यसैका लागि नै उसले असल शासन खोजिरहेको हुन्छ । तर लगानीकर्ताले नेपालमा आगलागी, बाढीपहिरोलगायत प्राकृतिक प्रकोप केही नहुँदा नहुँदै पनि एकाएक आगो लागेको, विनाश भएको देखे । विश्वकै एक ठूलो सिमेन्ट उत्पादक कम्पनी ड्याङ्गोटे फर्केर जाँदा नेपालबारे जस्तो गलत सन्देश प्रवाह भएको थियो, त्यस्तै सन्देश भदौ २३ र २४ को घटनापछि गएको छ । यदि ड्याङ्गोटे नेपाल आएको थियो भने त्यसले ठूलो सन्देश विश्वमाझ जान्थ्यो । ऊ यहाँ हुँदा सम्भवतः भारतको बजारमा सिमेन्ट प्रवेश गराउने संस्था हामीसँग हुन्थ्यो । बढी उत्पादन गर्दागर्दै पनि स्वदेशी बजारमा मात्र सिमेन्ट उद्योग खुम्चनुपर्ने थिएन । मैले बुुझेअनुसार उसको योजना नेपालमा उत्पादित सिमेन्ट अफ्रिका र मध्यपूर्वसम्म पुु–याउने थियो । ड्याङ्गोटे फर्केर गएको सन्देशभन्दा पनि ब्याकक्लास भएको छ, नेपालबारे । किनभने, यसले नेपाल असुरक्षित, अनिश्चिय र अस्थिरता भएको मुलुक हो भन्ने कुरा बाहिर गएको छ । यो चिर्न राजदूतहरूले भूमिका खेल्नुपर्छ । मेरोबारेमा भन्नुपर्दा मैले भदौको २५ गतेदेखि नै नेपाल राजनीतिक, सामाजिक, आर्थिक र संस्थागत रूपमा ‘फुलस्टेपलाइज’ भएको सन्देश प्रवाह गरेको थिएँ । हिजोको दिनमा जनयुद्ध हुँदा, राजनीतिक अस्थिरता हुँदा नेपालबारे जुन दृष्टिकोण र धारणा बोकेर बस्नुुभएको थियो, त्यसलाई कसरी हटाउन सकिन्छ भनेर पनि मैले प्रयास गरेँ ।
सारमा भन्नुपर्दा त्यो दिनको घटनाले नेपालबारेको सन्देश राम्रो गएको छैन । तर समय लागे पनि करेक्सन गर्न भने सकिन्छ । तोडफोड र आगजनीमा संलग्नमाथि सरकारले आँट गरेर कारबाही गर्ने हो भने धेरै राम्रो सन्देश बाहिर जान्थ्यो ।
कूटनीतिमा धेरै नयाँ कुरा विकास भइसकेका छन् । नेपाल भने अहिले पनि परम्परागत कूटनीतिमै रमाइरहेको देखिन्छ । अब नेपाल त्यो बक्सबाट अलि बाहिर निस्कुनुपर्छ । अझ भनौं, कूटनीतिमा अलिकति परिवर्तनको आवश्यकता महसुस गरिएको छ । यसलाई ‘इन्टरप्रेनर वे’मा जति छिटो अघि बढाइनेछ, त्यति राम्रो हुनेछ । त्यसका लागि विभिन्न निकायसँग अथवा सरकोरावालासँग अन्तरक्रियात्मक, समन्वयकारी, कम्युनिकेटिभ भएर जानुपर्छ । यसमा ट्रयाक वान अर्थात् जिटुजीको कुरा होला । ट्रयाक २, गभर्मेन्ट टु नन गभर्मेन्ट सेक्टरको कुरा होला । त्यो भनेको ट्रयाक २.५ पनि हुनसक्ला । जसमा गभर्मेन्ट टु प्लस नन गभर्मेन्ट सेक्टरको अन्तरक्रियाको कुरा होला ।
देशहरूका आ–आफ्ना सम्भावना हुन्छन् । कुनैको ट्रेडमा, कुनैको एडमा, कुनैको लगानीमा त कुनैको पर्यटनमा । यसलाई मध्यनजर गरेर हामीले अब हरेक दूतावास, राजदूतलाई टार्गेट दिनुपर्छ । एक वर्ष, दुुई वर्ष र तीन वर्षमा कहाँ पुुर्याउनुपर्ने हो, टार्गेट र च्यालेन्ज दुवै दिनुपर्छ । पहिल्यै गर्नुपर्ने यो काम गर्न निकै ढिला भइसकेको छ ।
तेस्रो, हाम्रा दूतावासहरूलाई स्रोतसम्पन्न बनाउनुपर्छ । किनभने, हाम्रा दूतावास कूटनीति धान्ने हिसाबले मात्र चलिरहेका छन् । कूूटनीतिलाई धानेर मात्र हुँदैन, यसलाई स्पिड अप गर्नुपर्ने आवश्यकता पनि छ । यसलाई खालि बजेटले मात्र नभएर ज्ञान र प्रविधिले पनि अब्बल बनाउनु पर्छ ।
कूटनीतिमा धेरै नयाँ कुरा विकास भइसकेका छन् । नेपाल भने अहिले पनि परम्परागत कूटनीतिमै रमाइरहेको देखिन्छ । अब नेपाल त्यो बक्सबाट अलि बाहिर निस्कनुपर्छ
लगानीका कुरा गर्दा हामीले डबल ट्याक्स एभोडेन्स एग्रिमेन्ट (डिटिए) गरेका छौं कि छैनौं, हेर्नुपर्ने हुन्छ । यो मैले किन भनिरहेको छु भने कुनै विदेशी लगानीकर्ता नेपाल हिमालको देश हो, सुन्दर छ भनेर मात्र लगानी गर्न आउँदैन । नेपाल बुद्धको देश भनेर पनि आउने होइन । ऊ आउने भनेको त कति फाइदा निकाल्न सक्छु भनेर हो । यो हेरेर आउनका लागि हामीले उसको ‘कस्ट अफ इन्भेष्टमेन्ट’ कहाँ–कहाँ घटाउन सक्छौं, कुन–कुन आधार र ग्राउण्डमा घटाउन सक्छौं, खोजी गरिदिनु पर्छ ।
भारतले अहिले आक्रामक रूपमा ‘कम्प्रिह्यान्सिप पार्टनर एग्रिमेन्ट’ गरिरहेको छ । त्यसलाई सिपा मोडल पनि भन्ने गरिन्छ । जसमा ट्रेडका कुरा मात्र नभएर लगानीको कुरालाई पनि समेट्ने गरिएको छ । अहिले भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लण्डन जानुुभयो भने बेलायतका प्रधानमन्त्री मुम्बई आउनुुभयो । उहाँहरूको त्यो एग्रिमेन्टको नेगोसिएसन १०औं वर्षदेखि चलिरहेको थियो, तर भर्खरै मात्र सम्पन्न भएको छ । भारत दक्षिण एसियाको राइजिङ पावरका रूपमा उदय भइरहेकाले बेलायतले त्यसबाट फाइदा लिन उसलाई लगानी हबका रूपमा मात्र उपयोग गर्न चाहेको छैन, आफ्नो सेयरसमेत स्थापित गर्न खोजिरहेको छ । यस्ता खालका इन्स्टुमेन्टमा हामीले पनि काम गर्न सक्नुपर्छ । उसको फाइदा सुनिश्चित नगरेसम्म अरू कुनै पनि कुराले काम नगर्ने भएकाले यो पाटोमा ख्याल गर्नैपर्छ ।
ग्लोबल अभ्यासबाट हामीले कति सिक्छौं ? कति प्रयोग गर्छौं ? यो पार्टमा पनि हामीले काम गर्न सक्छौं । सबै कुराका लागि पहिले हाम्रो घर बलियो हुनुपर्छ । घर ‘डिसअर्डर’मा चलेका बेला बाहिर हामी ‘अर्डर’मा चल्न सक्दैनौं । आजभन्दा १० वर्ष, २० वर्ष अगाडि भारतलाई बेलायत चाहिएको थियो । तर आज यति पाराडाइम सिफ्ट भएको छ कि बेलायतलाई भारत चाहिएको छ । भारत घरभित्र बलियो भएर आइरहेकाले त्यहाँ लगानीकर्ता आउन चाहिरहेका छन् ।
अहिले डिजिटल इकोनोमीमा नेपालको ठूलो कम्पिटेन्सी छ । खासगरी युुथ उद्यमीहरूले डिजिटल इकोनोमीको एक्टिम पार्ट एण्ड पार्सल भएर उदाहरण प्रस्तुत गरिरहनुुभएको छ । यो हाम्रा लागि साह्रै ठूलो फाइदाको कुरा हो । पछिल्लो वर्षको ग्लोबल डाटालाई हेर्ने हो भने मात्रै पनि ग्लोबल एफडिआईको साइज १.३ ट्रिलियिन छ । यसमा डिजिटल इकोनोमीको साइज ८३३ प्लस बिलियन छ । यसको साइज बढ्दो छ । ग्लोबल इन्भेष्टको कुरा गरौं या ट्रेडको, डिजिटल अर्थतन्त्र बिना ‘सस्टेन’ गर्न सक्दैन । त्यसैले कुनै देश अब त्यो रेल समाउन छुट्ट भने त्यो छुटेको छुट्यै हुन्छ । त्यो रेलमा चढ्ने चाहिँ अगाडि बढ्छ ।
(पूर्वराजदूत घिमिरेले नेपालवाचको नीतिप्रधान बहस कार्यक्रम पोलिसी डायलगमा व्यक्त गरेको भनाइको सम्पादित अंश)
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया