NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको अध्यक्षमा लामिछाने निर्वाचित

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको अध्यक्ष प्रसाद लामिछाने र सचिवमा दिनेश क्षेत्री निर्वाचित भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको सातौँ अधिवेशनबाट लामिछाने र क्षेत्री निर्वाचित भएका हुन् ।

कार्यसमिति सदस्यमा भने वरिष्ठ उपाध्यक्षमा शर्मिला कंडेल, प्रथम उपाध्यक्षमा डोलराज बाह्रघरे, द्वितीय उपाध्यक्षमा राजेश ढकाल, महिला उपाध्यक्षमा मिरा गोर्खाली, कोषाध्यक्षमा साधुराम रोका, महिला सचिवमा डोल्मा लामिछाने निर्वाचित भएका छन् ।

यसै गरी, समितिको सहसचिवमा अञ्चल शाही, क्षितिज गुरुङ्ग र कोषाध्यक्षमा शैलेश राना मगर चयन भएका छन् भने सदस्यहरूमा मीना बुढाथोकी, विजय पुन,चेतन गोतामे, विशाल सोनी, सोबिन कोके गुरुङ्ग, गोविन्द विवस, विक्रम परियार, धनकाजी परियार, कामना वली, कुमार रनपहेली, प्रकाश गौतम, बसन्ती सुनारी मगर, गोकुल भट्ट, अनुजा पुडासैनी, सुमन थापा मगर, अस्मिता राना मगर, विमता घर्ती, सुनिता सुनार, सुनिता थापा मगर र सुष्मा शाही ठकुरी चयन भएका छन् ।

समितिको सातौँ अधिवेशन यहि २०८२ मङ्सिर २० गते सम्पन्न भएको थियो ।