राजेन्द्र पौडेल सचिवमा बढुवा
काठमाडौं । सहसचिव राजेन्द्र कुमार पौडेलको सचिवमा बढुवा भएको छ ।
सोमबारको मन्त्रिपरिषद बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवको लागि सहसचिव पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको थियो ।
पौडेल हाल अख्तियार दुरूपयोग अनुसन्धान आयाेगको प्रवक्ताको जिम्मेवारीमा रहेका छन्।


प्रतिक्रिया