NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

एक चिनियाँसहित पाँच निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । चिनियाँसहित पाँच निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।

कबोलअनुसारको काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक चिनियाँसहित पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा राखिएका निर्माण कम्पनीहरूमा चोङक्विङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेशन र कान्छाराम कन्स्ट्रक्सन प्रालि छन् । यसमध्ये चोङक्विङ चिनियाँ कम्पनी हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाई, श्रीमहल, ललितपुरको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुुगमन कार्यालयले चोङक्विङ र कान्छारामलाई एक वर्ष ६ महिना कालोसूचीमा राखेको हो ।

त्यस्तै, ड्रैगन कन्स्ट्रक्सन प्रालि, सिङ्दन कन्स्ट्रक्सन प्रालि र विशाल निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ ।

उदयपुरको रौतामाई गाउँपालिकाको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुुगमन कार्यालयले यी दुुई निर्माण कम्पनीलाई एक वर्ष कालोसूचीमा राखेका हुन् ।

कार्यालयले सोमबार एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको अवधिभर यी निर्माण कम्पनीले सार्वजनिक खरिद कार्यमा सहभागिता जनाउन नपाउने जनाएको छ ।