जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकसँग थप बयान लिने
काठमाडौँ ।जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले पूर्वगृहमन्त्री रमेश लेखकसँग थप बयान लिने भएको छ ।
सोमबार बयान सुरु भएको केही घण्टामा लेखकले ‘पार्टीको बैठक छ’ भनेर निस्किएका थिए । त्यसपछि नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आयोगमा पेश गरेको भनाइको लिखित कपी बाँडेका थिए ।
आयोगले उनीसँग बयान बाँकी रहेको भन्दै बुधबारदेखि त्यसलाई निरन्तरता दिने योजना बनाएको हो । उनले केहीबेर बयान चलेपछि पार्टीमा बैठक छ भनेर निस्किएका थिए ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाल र पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘गृह मन्त्रालयको नेतृत्वको समन्वयमा काम गरेको’ भनेर दिएको अभिव्यक्तिमा जाँचबुझ आयोगले लेखकमाथि सोधपुछ र थप जिरह गर्न बाँकी रहेको स्रोतले बताएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया