ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत
काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा बुधबार साँझ ‘न्यू इयर इभ’ आयोजना गरी अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत गरिएको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेलको अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय सरकारले सहयोग गर्ने बताए ।
उनले नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल आउने उल्लेख गरे । वडाध्यक्ष तिवारीले ठमेल क्षेत्रका उद्योगी तथा व्यवसायीले आचारसंहितामा रहेर व्यापार–व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य डा रामशरण थपलियाले ठमेल क्षेत्रको पर्यटन उद्योगलाई बचाउन ठमेल क्षेत्रका व्यवसायीको भूमिकाको प्रशंसा गरे । उनले ठमेल भित्रिने पर्यटक बढ्नुपर्नेमा घट्दै गएकामा चिन्ता व्यक्त गरे ।
ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमलाई ‘अपग्रेड’ गर्नुपर्ने बताए ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले ठमेललाई चलायमान बनाउन घरधनी तथा व्यवसायी मिलेर अगाडि बढ्नुपर्ने बताए ।
यसैबीच, अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आज दिउँसो त्रिदेवी मार्ग ठमेलमा सडक महोत्सव आयोजना गरिएको थियो ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया