आसन्न निर्वाचनमा रास्वपाको बहुमत आउने पक्का भएको मनिष झाको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झाले आसन्न निर्वाचनमा रास्वपाको बहुमत आउने पक्का भएको दाबी गरेका छन् ।
बुटवलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । नेता तथा कार्यकर्तालाई संयमित, धैर्य र अनुशासित भएर अघि बढ्न उनको आग्रह थियो ।
‘बालेन साह र कुलमान घिसिङजीसँगको पार्टी एकतापछि अब रास्वपाको बहुमत आउने पक्का भयो,’ झाले भने । तर बहुमत आउँछ भन्ने दम्भ पालेर अहिल्यैदेखि अरूको अस्तित्व स्वीकार नगर्नेतर्फ रास्वपा नलाग्ने उनले बताएका छन्
।
झाले बालेन र कुलमानको पार्टीसँग एकता गर्दा निर्वाचन आयोगले तोकेको समय सीमा अन्तिम बेला भएकाले समानुपातिक उम्मेदवारको सूचीमा गल्ती भएको स्वीकार गरेका छन् ।
‘समय अभावका कारण विधि प्रक्रिया अनुसार छनोट गर्न सकिएन, गल्ती भएको हो स्वीकार गर्छौँ,’ झाले भने ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सञ्जय गुप्ता र सल्लाहकार एवं राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य धनेस्वरी चौधरी रास्वपा प्रवेश गरेका छन् । उनीहरू सहित दुई दर्जनलाई रास्वपा प्रवक्ता मनिष झा लगायतले रास्वपाका स्वागत गरेका हुन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया