विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि २६० भन्दा बढी कर्मचारी माग गरेको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै अधिकृतदेखि सहायकस्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो ।
अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरूमा १३० जनाका लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि माघ ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ १५ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन फाराम खुलाएको छ ।
हेर्नुहोस् सूचना:
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया