इन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घट्यो
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा न्यूनतम हवाई भाडा घटाएको छ।
आयल निगमले यही पुस १६ गते हवाई इन्धनको साबिक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो। सोही आधारमा प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी विभिन्न गन्तव्यको हवाई भाडा घटाएको हो।
यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धनको मूल्य (फ्युल सर्चाज) १२८ रुपैयाँ कायम गरी सोही आधारमा भाडा घटाइएको हो। प्राधिकरणले फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट शुल्क ६८.०९ रुपैयाँ राखेको छ।
प्राधिकरणका अनुसार काठमाडौँबाट हुने पर्वतीय उडानहरूमा ४ हजार ६ सयबाट घटाएर न्यूनतम ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ।
यसबाहेक काठमाडौँ–भद्रपुर ४ हजार २५ रुपैयाँबाट ३ हजार ८ सय ४५ रुपैयाँ, काठमाडौँ–विराटनगर ३ हजार २ सय १५ रुपैयाँबाट ३ हजार ७५ रुपैयाँ कायम भएको प्राधिकरणले जनाएको छ।
ताजा अपडेट
-
त्रिविको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन
-
डिम्याट खाता ८० लाख नाघ्यो, करिब २९ लाख खाता निष्क्रिय
-
बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
-
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


प्रतिक्रिया