मकवानपुरमा सुमो दुर्घटना हुँदा छ जनाको मृत्यु, ३ जना गम्भीर घाइते
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको सुमो दुर्घटनामा छ जनाको मृत्यु भएको छ।
भीमफेदी-कुलेखानी-काठमाडौँ सडक खण्डमा आइतबार साँझ ना १ ज १७७८ नं. को सुमो गाडीमा सवार नौ जनामध्ये दुर्घटनामा परी छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (एसपी) सुवासचन्द्र बोहराले बताए।
उनका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको सुमो गाडी सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।
गम्भीर घाइते तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया