पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ नयाँ दिल्लीमा
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” मा भाग लिन उनी नयाँ दिल्ली पुगेका हुन् ।
नेपाली समाज भारतका महासचिव आरबी खड़काका अनुसार भारतभर रहनु भएका नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धता सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको छ ।
कार्यक्रममा उनले नेपाली समुदायका साझा सरोकार, नेपाल-भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर तथा एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गर्नु हुने बताइएको छ ।
भारतमा बसोबास गर्दै आएका नेपाली समुदायलाई एकताबद्ध गर्दै सामाजिक तथा राजनीतिक चेतनाको अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपाली समाज भारतले जनाएको छ ।
अवसरमा भारतमा रहनु भएका सम्पूर्ण नेपाली समुदायलाई सहभागी भई कार्यक्रमलाई सफल बनाउन आह्वान गरेको छ ।
कार्यक्रम ५ जनवरी २०२६ (सोमबार) दिउँसो १ बजे नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियम, लाजपत नगरमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया