आज एकैदिन सुन तोलामा ४ हजार ६ सयले बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १८५ रुपैयाँले बढेर आज ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी चार हजार ५०० रुपैयाँमा कायम भएको थियो ।
ताजा अपडेट
-
त्रिविको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन
-
डिम्याट खाता ८० लाख नाघ्यो, करिब २९ लाख खाता निष्क्रिय
-
बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
-
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


प्रतिक्रिया