नक्कली नोट छाप्ने मेशिनसहित २ जना पक्राउ
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा नक्कली नोट छाप्ने कारखाना भेटिएको छ । प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारी घर भएका २८ वर्षीय रवी कुमार श्रीवास्तव छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र बौद्धको टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो । पक्राउ परेकाहरू विरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरले जनाएको छ ।
पक्राउ पर्नेमा भारतीय नक्कली नोट छाप्न काठमाडौँमा मेसिन ल्याउने व्यक्ति समेत रहेको प्रहरीको भनाइ छ ।
उनीहरूबाट प्रहरीले भारतीय नम्बर प्लेटको बुलेट बाइक, भारु ५ सय दरका ३१७ थान नोट, मोनिटर, प्रिन्टर, नक्कली पेस्तोल लगायतका समानहरू बरामद गरेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया