अत्यधिक चिसोले गरिब र मजदुरलाई सास्ती‚ बजार क्षेत्रमा चहलपहल घट्यो
कैलाली। केही दिनदेखि पश्चिम तराईमा अत्यधिक चिसो बढ्दै गएको छ। बढ्दो चिसोका कारण दैनिक ज्याला मजदुरी गरेर खाने गरिब तथा मजदुर वर्गको जनजीवन प्रभावित भएको छ।
चिसो हावासँगै लगातारको कठ्याङ्ग्रिने जाडोले दैनिक काम गरेर बिहान, बेलुकाको छाक टार्ने गरिबको जनजीवन प्रभावित भएको हो। बाक्लो हुस्सु र कुहिरोसँगैको शीतलहरले जाडो बढेको छ। अत्यधिक चिसोले काम गर्न कठिन भएको धनगढीका मजदुर रामकिशन चौधरीको भनाइ छ। “वर्षौंदेखि मजदुरी गरेर नै जीवन गुजारा गरिरहको छु। एक दिन काम गर्न छोड्यो भने चुलो बल्दैन‚” उनले भने, “के गर्ने हिजोआज चिसो अत्यधिक छ, काम गर्न गाह्रो हुन्छ त्यही पनि बाध्यता छ काम गरेन भने छाक टार्नै मुस्किल पर्दछ।”
मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सोही ठाउँका हरि रानाले पनि चिसो बढेपछि काम गर्न समस्या भएको गुनासो गरे। “हिजोआज कठ्याङ्ग्रिने चिसोले काम गर्नमा कठिनाइ भएको छ,” उनले भने‚ “दैनिक काम गर्न गएन भने पैसा आउँदैन, पैसा आएन भने छाक टार्न समस्या हुन्छ। त्यसैले जतिसुकै चिसो भए पनि हामीलाई काम गर्नुपर्ने बाध्यता हुन्छ।”
त्यसैगरी चिसोको कारण बालबालिका, ज्येष्ठ नागरिक पनि प्रभावित बनेका छन्। चिसो बढ्दा विद्यार्थी पनि प्रभावित बने। चिसोले बजार क्षेत्रमा चहलपहल घटेको छ। अत्यधिक चिसो बढेपछि केही दिन अघि मात्रै धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालयले धनगढी बजार आसपासका चोक क्षेत्रमा निःशुल्क दाउरा वितरण गरेको थियो।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया