विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू
काठमाडौँ। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले मुलुकको वर्तमान अवस्था संवेदनशील रहेको उल्लेख गर्दै पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितका पक्षमा सबै एकजुट हुनुपर्ने बताएका छन्।
कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानअनुसार चल्नुपर्ने र कसैले पनि हठ गर्न नहुने स्पष्ट पारे। उनले विशेष महाधिवेशन पार्टी विधानअनुसार नै भएको दाबी गर्दै वर्तमान राजनीतिक परिवेशअनुसार पार्टी नेतृत्व युवाको काँधमा आएको उल्लेख गरे।
काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा, बैतडीका सभापति चतुरबहादुर चन्द र ललितपुरका सभापति जितेन्द्र श्रेष्ठलगायत नेताहरूले जेनजी आन्दोलनपछि विकसित राजनीतिक सन्दर्भ र पार्टीभित्रको परिवर्तित चाहनाअनुरूप विधानसम्मत रूपमा विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पारे।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया