कांग्रेस विशेष महाधिवेशन : अहिले केहीबेरमा बन्दसत्र सुरु हुँदै
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र अहिले बिहान १० बजेबाट सुरु हुँदैछ ।
बिहानको खाजा समय सकिएपछि बन्द सत्र सुरु गर्ने तयारी गरिएको कांग्रेस विशेष महाधिवेशन सचिवालयले जनाएको छ । अहिले महाधिवेशन प्रतिनिधिको नाम दर्ता कार्य भइरहेको छ ।
बन्दसत्र सुरु हुनुअघि कार्यविधि निर्माण गर्ने र त्यसैका आधारमा थप गतिविधि अघि बढाउने कांग्रेसको तयारी छ ।
गत भदौमा सम्पन्न जेन–जी विद्रोहपछि कांग्रेसमा पार्टी रूपान्तरणको बहस सघन बनेको थियो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन माग गरेपछि कांग्रेसमा स्पष्ट रूपमा महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि तथा विशेष गर्ने कि नियमित भन्ने दुई धार देखिएको थियो । कांग्रेस संस्थापन पक्ष विशेष महाधिवेशन नगर्ने पक्षमा खडा भइरहेका बेला महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको हो । विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधिले आफ्नो नाम दर्ता गराइसकेका छन् । यो कुल प्रतिनिधिको ६२.४ प्रतिशत हो ।
आइतबारबाट सुरु विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार सकिएको छ । विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएकाले नेतृत्व परिवर्तन गरेर अघि बढ्न गगन–विश्वमाथि दबाब छ । यद्यपि, उनीहरू कसरी अघि बढ्छन् भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया