वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत गर्ने भएको हो ।
मन्त्रालयले बिहिवार एक सूचना निकालेर “विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६” अनुसार योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो ।
सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र मन्त्रालयको सूचना प्रविधि तथा तथ्यांक शाखामा दर्ता गराउन वा स्क्यान गरी मन्त्रालयको इमेल ठेगानामा पठाउन सकिने सूचनामा उल्लेख छ ।
सूचना अनुसार कार्य भिसामा विदेश गई कम्तीमा ११ वर्ष काम गरेर फर्किएका तथा नेपाल फर्किएपछि कम्तीमा एक वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका उद्यमीले आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया