देउवा पक्षका नेताहरू पुगे निर्वाचन आयोग
काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेपछि सभापति शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन्।
विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, हरिशरण नेपाली, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।
कांग्रेसका गगन थापा, विश्वप्रकाश समूहले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसमा स्पष्ट विभाजन मात्र आएको छैन, दुवै समूहले आफू आधिकारिक भएको दाबीसमेत गरिरहेका छन् । यसैक्रममा गगन समूहले बिहीबार विशेष महाधिवेशनअनुसार पार्टी विवरण अद्यावधिक गरिदिन निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
निर्वाचन आयोग दुवै पक्षको दाबीलाई केलाएर एक पक्षलाई आधिकारिता दिनुपर्ने बाध्यतामा छ । फागुन २१ का लागि तय प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन दर्ता समय माघ ६ गतेका लागि तय गरिएकाले निर्वाचन आयोग यसलाई छिट्नै किनारा लगाउनुपर्ने दबाबमा छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबारेको निर्णय महत्त्वपूर्ण भएकाले यसलाई चासोका साथ हेरिएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया