सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न गगन थापाको आह्वान
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीमा रहेका सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएसँगै उनले पार्टीलाई बलियो बनाउने जिम्मेवारी आफ्नो काँधमा आइपरेको बताएका हुन् ।
एक विज्ञप्ति जारी गर्दै थापाले नेपाली काँग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको बताएका छन् । ‘विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौँ ’ उनले भनेका छन् ।
विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका सहमत भएका वा नभएका सबैलाई उनले संयम ,जिम्मेवार र एकताबद्ध बन्न आह्वान गरेका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया