‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सामूहिक लगानी कोषको बिक्रि खुल्ला
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेको र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सामूहिक लगानी कोषले आफ्ना इकाईहरु माघ ४ गते देखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रिमा ल्याएको छ ।
नेपाल धितोपत्र बोर्डबाट प्रति इकाई दश रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई मध्ये बीज पूँजीबापत १५ प्रतिशत इकाई, जसमध्ये १४ प्रतिशत अर्थात २ करोड २४ लाख इकाई कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको कुल १३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागिएको हो ।
उक्त फण्डको न्यूनतम एक सय इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । नेपाल लाइफ म्युचुअल फण्ड अन्र्तगतको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्ष रहेको छ ।
फण्डको इकाईमा माघ ८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएिस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निमार्ण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आश्वा प्रणली मार्फत पनि आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया