हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौं : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार छनोटको अन्तिम चरणमा पार्टी रहेको बताएका छन् । समय र प्रक्रियागत बाध्यताबीच समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको उनको भनाइ छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कार्यक्रम भोलि माघ ६ गतेका लागि तय गरेको छ । मुख्य राजनीतिक दलले अधिकांश उम्मेदवार टुंग्याए पनि आन्तरिक विवादका कारण कांग्रेसले अहिलेसम्म उम्मेदवार टुंग्याउन सकेको छैन । यही अन्योलताबीच थापाले उम्मेदवार छनोटको अन्तिम चरणमा पार्टी रहेको बताएका हुन् ।
‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ,’ थापाले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।
सभापति थापाले उम्मेदवार मनोनयनको दिन आ–आफ्नो क्षेत्रमा गएर पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा एक ढिक्का भएर लाग्न पनि आग्रह गरेका छन् । यो व्यक्तिगत नभएर पार्टीको साझा अभियान भएको उनको भनाइ छ ।
‘भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया