सुनको भाउ अहिलेसम्मकै उच्च
काठमाडौं । सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रूपैयाँ पुुगेको छ । यो सुनमा आएको अहिलेसम्मको उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी संघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार कायम गरिएको जनाएको छ । मंगलबार सुन २ लाख ७७ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।
केही समय उच्चबिन्दुमा पुुगेर मुुर्झाएको सुनको भाउ केही दिनयता पुनः बढ्न थालेको छ । गत मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रूपैयाँ कामम भएको थियो ।
त्यस्तै, चाँदीको भाउले पनि नयाँ कीर्तिमान बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १८५ रुपैयाँले बढेर ५ हजार ८१० रूपैयाँ कायम भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया