गगनले छाडे काठमाडौं ४, सर्लाही–४ बाट उठ्ने
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही–४ बाट उम्मेदवार हुने भएका हुन् । यद्यपि कांग्रेसले हालसम्म औपचारिक रूपमा उम्मेदवारी तथा टिकट वितरणको निर्णय भने सार्वजनिक गरिसकेको छैन ।
पार्टीभित्र आन्तरिक छलफल जारी रहेकाले उम्मेदवारको अन्तिम टुंगो भने प्रक्रिया पूरा भएपछि मात्र लाग्ने कांग्रेस नेताहरूले बताएका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया