भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले दिइन् पदबाट राजीनामा
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् ।
चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णयसँगै उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन् ।
दाहालले आज मध्याह्न १२ बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको छ । राजीनामा बुझाउनु अघि उनले कार्यपालिका बैठक आह्वान गरी महानगरका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा दाहालले दुई कार्यकाल जिम्मेवारी सम्हालेकी थिइन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया