NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

देशभर प्रतिनिधिसभा निर्वाचन : साढे ४ बजेसम्म २,०१७ उम्मेदवार दर्ता

काठमाडौ – प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन देशभर तीव्र रूपमा जारी छ। मंगलबार दिउँसो साढे ४ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रबाट कुल २ हजार १७ जनाले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।

विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकेको छ।